एमालेसँग एक्लै लड्न कसैले पनि नचिताए हुन्छ : ओली

काठमडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गर्नु भएको छ ।
ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क गरेका छन् । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग एक्लै चुनाव लडन कुनै पनि राजनीतिक दलहरुले नसक्ने कुरा सबैलाई थाहा भएको दाबी गरेका हुन् ।
आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘म सुन्दैछु– मोर्चाबन्दी गर्छन रे । एमालेसँग एक्लै लडन सकिन्न भन्ने कुरा सबैलाई थाहा छ । एमालेसँग एक्लै लडन कसैले पनि नचिताए हुन्छ । एमालेसँग एक्लै लडन कोही सक्दैन–सबैलाई थाहा छ । त्यसकारण मिलाउने अरे, मिलेर लडने रे । एक/एक दर्जनको १० वटा पार्टी मिल्यो भने कति हुन्छ ? १० दर्जन जति नै त भयो होला नि, होईन ? एक/एक दर्जन मान्छे भएको १० वटा पार्टी मिल्दा । १० दर्जन भनेको १ सय २० होइन् ? १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ? माधव नेपालका नक्कली नाम समेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ जना केन्द्रिय सदस्य र २९ जना सांसद त्यतिजना मिलेर एमालेसँग लड्ने ? उहाँहरु कुरामा लडन सक्नु हुन्छ । काममा होईन्, मैदानमा होईन्, व्यवहारमा होईन ।’
ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोईटिएर गएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहो¥याए । एक÷दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने दृष्टान्त पेश गर्दै उनले माधव नेपालसहितका केही मान्छेले पार्टी छोडदैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
अध्यक्ष ओलीले भने, ‘अव चिन्ता गरेर बस्ने होईन । म कमरेडहरुलाई भन्न चाहन्छु–एक दुईटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन । एक/दुईटा पात पहेँलिएर झर्छन । रुखले पीर मानेर बस्छ ? अर्को टुसो हालि हाल्छ नि । देख्नु भएन् कमिटीहरुको टुँसो पलाएको ? महिलाहरु कसरी जाँग्दैछन् । युवाहरु कसरी जाँग्दैछन । त्यसकारण नँयानयाँ पालुवाहरु पलाउदैछन । नयाँनयाँ हाँगाहरु हाल्दैछन । अझै मजदुत वृक्ष हाँगा फैलिदै छन । उचाईतिर जाँदैछ ।’
उनले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरुलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
विचार नभएको, देशको विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरु सत्तामा रहेको उल्लेख गर्दै उनले त्यस्ता षडयन्त्रकारीहरुलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने बताए ।
‘हामी जनादेशबाट सरकारबाट हटाईएका होइनौं । जालझेलबाट सरकारबाट हटाइएको हो । चुनाव त आओस् नेकपा एमालेले जवाफ दिनुपर्छ यी सबै कुराहरुको । यी सबै खुद्रा षडयन्त्रको एकमुष्ट जवाफ दिनुपर्छ एमालेले । महालक्ष्मी नगरपालिकामा एउटा पनि सदस्यहरुले अरु पार्टीले चिप्ल्याएर लान नपाओस भन्नु कुरा यहाँका साथीहरुले ध्यान दिनु पर्दछ । किन दिने अर्कोलाई ? जोसँग दृष्टिकोण छैन । केही छैन । विचार नभएको । एउटा यता फर्केको, अर्को उता फर्केको चतुरमुख जस्तो चारतिर फर्केका । खान मात्रै जानेका । देश विकास के हो ? भनि थाहा नपाएको यस्ता झुण्डलाई कही पनि चुनाव जित्न दिनु हुन्न । संघीय निर्वाचनमा, प्रदेश निर्वाचनमा यिनीहरुलाई कहीँ पनि जित्न दिनु हुदैन, एमालेले दिँदैन । प्रदेशमा को उठछ, एमाले उठछ र त्यसले सान्दार ढंगले जित्छ । अरु सबैको एकातिर जोड्दा कम्मर–कम्मरमात्रै हुनुपर्दछ उनीहरुको उचाई । सबै एकातिर जोड्दा नेकपा एमाले सर्कक्कै माथि हुुनु पर्दछ ।’ उनले भने ।
ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दाबी गरे । उजले पार्टीमा फुट नआएको पनि स्मरण गराउनु भयो । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरु आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उनले भने, ‘पार्टी फुटेको होइन् । केही मान्छेहरु पतित भएका हुन, बिग्रिएका हुन । ती बिग्रीएका मान्छेहरुले पार्टी छोडेका हुन ।’
माधव नेपालहरुलाई एक/दुई वटा कपालको केशको संज्ञा दिँदै उनीहरु हिँड्दै टाउँको मुडुलो नहुने उनले बताए । उनले भने, ‘नुहाउँदा खेरी एक, दुईटा कपालको रौं झर्छ । जति दामी साबुन लगाएपनि, राम्रो, ब्रान्डेड साबुन लगाएपनि, छानेको पानीले नुहाएपनि, जेसुकै गरेपनि एक, दुईटा कपाल झर्छ । एक, दुईटा कपाल झर्दैमा टाउँको मुडुलो हुन्छ ?’









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया