बुधबार, वैशाख १७, २०८२

ढेड महिनासम्म सरकार अझै अपूर्ण

बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालको भेटवार्ता

मन्त्रीपरिषद् विस्तारमा छलफल, मन्त्रालय भागवन्डामा केन्द्रीत

मेरोन्यूज २०७८ भदौ १३ गते १०:०१

काठमाडौं । सरकारको नेतृत्व सम्हालेको ४७ दिन पुगिसक्दा पनि मन्त्रीपरिषद् विस्तार गर्न नसकेर आलोचना खेपिरहेका प्रधानमन्त्री शेरवहादुर देउवा सरकार विस्तारका विषयमा छलफलमा जुटेका छन् । सत्ता गठबन्धन दलका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग शनिवार पनि झण्डै आधा घण्टा मन्त्रीपरिषद विस्तारमा देउवाले छलफल गरेका थिए ।

आइतबार विहान भने प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सँग छलफल शुरु गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले देउवा, प्रचण्ड र माधव नेपालका वीचमा छलफल जारी छ ।

फाइल फोटो

छलफल विहान साढे ९ बजेवाट शुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।

देउवाले अव भदौं १५ भित्र मन्त्रीपरिषद् टुग्गो लगाईसक्ने गरी दलहरुसँग नाम माग्न थालेका छन् ।
अहिलेसम्म देउवाले कांग्रेसका २ मन्त्री र एक राज्यमन्त्री र माओवादी केन्द्रका २ मन्त्री मात्रै नियुक्त गरेका छन् ।

अरु वाँकी मन्त्रालयको जिम्मेवारी ४७ दिन यता उनी आफैले थामिरहेका छन् । जसकाकारण सिंह्दरवारको मन्त्रालयका काम सवै अस्तब्यस्त बन्न थालेको छ ।

लामो समय सम्म मन्त्री परिषद् विस्तार नगरेपछि उनको चर्काे आलोचना आफ्नै पार्टीभित्रवाट पनि हुन थालेपछि उनले सत्ता गठवन्धन दलसँग छलफल थालेका हुन् । सरकारमा आउन र आफु नेतृत्वको सरकार संसदमा बलियो बनाउन उनले सवै अप्ठ्यारा गाँठाहरु खोलिसकेका छन् । माधव नेपालको सहजताका लागि दल विभाजन अध्यादेश ल्याउने देखि पार्टी दर्ता सम्मको प्रक्रिया पूरा भईसकेको छ ।

जसपाको अािधकारिता पनि उपेन्द्र यादवले पाईसकेका छन् । अव दल विभाजनका लागि ल्याएको अध्यादेश फिर्ताको विषयमा पन िगठबन्धन दलभित्र छलफल शुरु भएको छ ।

जसपाका नेताहरू दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरी मन्त्रिपरिषद् विस्तारमा जाँदा पार्टीभित्र समस्या आउन सक्ने बुझाइमा छन् । उनीहरुको मागका विषयमा पनि प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका वीचमा छलफल शुरु भएको छ ।

गठबन्धनमा कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्रालय पाउने मोटामोटी सहमति छ । तर माओवादीले ६ मन्त्रालय दाबी गरिरहेको छ ।

जसपा र एकीकृत समाजवादीमा मन्त्री कसलाई बनाउने भन्ने ब्यवस्थापन मिलाउन सकस छ । आकाक्षी वढी भएका कारण समस्या देखिएको छ ।

तर अव देउवाले धेरै दिन कुर्न नसक्ने बताएका छन् । त्यही कारण पनि उनले छलफललाई तिव्रता दिन थालेका हुन् ।

अहिले बालुवाटारमा भएको प्रचण्ड र माधव नेपालसँगको छलफल पनि सरकार विस्तार अव ढिला नगर्ने योजना अनुसारको छलफल हो, काग्रेसका एक नेताले भने ।

प्रतिक्रिया