मन्त्रिपरिषद् विस्तार गर्न शीर्ष ३ नेताको वार्ता

काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरूको भेट वार्ता सकिएको छ । आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहभागी भएका थिए ।
नयाँ सरकार बनेको ४७ दिन हुँदासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको अवस्था सत्ता साझेदारी दलका शीर्ष नेताहरूको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्रिपरिषद् विस्तारका लागि शनिबार पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट वार्ता भएको थियो । बालुवाटार स्रोतका अनुसार बिहान साढे ९ बजेदेखि सुरु भएको बैठक सकिएको हो ।
अहिलेसम्म देउवाले कांग्रेसका २ मन्त्री र एक राज्यमन्त्री र माओवादी केन्द्रका २ मन्त्री मात्रै नियुक्त गरेका छन् ।
















ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
प्रतिक्रिया