सोमबार, फागुन ४, २०८२

उपत्यकाका सडकमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्री देउवाको चासो

मेरोन्यूज २०७८ भदौ १४ गते १७:४१

काठमाडौँ । काठमाडौं उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल थालेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीलाई बोलाएर देउवाले काठमाडौंमा थुप्रिएको फोहोर छिटो व्यवस्थापन गरेर फोहोर उठाउने प्रबन्ध गर्न निर्देशन दिएका छन् । सरकारको तर्फबाट पूर्ण सहयोग हुने भन्दै देउवाले फोहोर उठाउने व्यवस्था तत्काल गराउन निर्देशन गरे ।

यस्तै काठमाडौं महानगरपालिकाले उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । महानगरपालिका प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पत्र लेख्दै काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधिन बञ्चरे डाँडा स्यानीटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको जानकारी गराएको छ ।

उनले ल्याण्डफिल साइटसम्म पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया