मंगलबार, फागुन ५, २०८२

माओवादी देशको एक नम्बर पार्टी हुनेछ : प्रचण्ड

मेरोन्यूज २०७८ भदौ १४ गते १७:५९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका छन् । उनले प्रतिक्रान्तिकारीहरू पछारिएकाले माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँमा आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रतिगामी र प्रतिक्रान्तिकारीहरू पछारिएका छन्, उनीहरू अझै चलमलाउने प्रयास गरिरहेका छन्, तर अब माओवादी यो देशको एक नम्बर पार्टी नबनेसम्म देशमा राजनीतिक स्थायित्व र शान्ति कायम हुँदैन ।’

‘प्रतिक्रान्तिकारी पछारिए, केही दिनपछि प्रदेश एक र वागमती प्रदेशमा पनि उनीहरू ढल्ने छन्’, प्रचण्डले भने, ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने अब मधेसमा अरु पार्टी हुने छैनन्, माओवादी केन्द्रले कब्जा गर्नेछ ।’

उनले माओवादी केन्द्र अब देशको एक नम्बर पार्टी हुने बताए ।

प्रतिक्रिया