माओवादी देशको एक नम्बर पार्टी हुनेछ : प्रचण्ड
मेरोन्यूज
२०७८ भदौ १४ गते १७:५९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका छन् । उनले प्रतिक्रान्तिकारीहरू पछारिएकाले माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।
काठमाडौँमा आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रतिगामी र प्रतिक्रान्तिकारीहरू पछारिएका छन्, उनीहरू अझै चलमलाउने प्रयास गरिरहेका छन्, तर अब माओवादी यो देशको एक नम्बर पार्टी नबनेसम्म देशमा राजनीतिक स्थायित्व र शान्ति कायम हुँदैन ।’
‘प्रतिक्रान्तिकारी पछारिए, केही दिनपछि प्रदेश एक र वागमती प्रदेशमा पनि उनीहरू ढल्ने छन्’, प्रचण्डले भने, ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने अब मधेसमा अरु पार्टी हुने छैनन्, माओवादी केन्द्रले कब्जा गर्नेछ ।’
उनले माओवादी केन्द्र अब देशको एक नम्बर पार्टी हुने बताए ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया