शक्तिशाली मन्त्रालयमा आ–आफ्नै दाबी, अन्योलमा मन्त्री मण्डल विस्तार

काठमाडौँ । सत्ता साझेदारी दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्र निवास बालुवाटारमा बसेको बैठक पुनः बस्ने गरी सकिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको ५० दिन पुग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेका सत्तारुढ दलहरूले आज मन्त्री मण्डल विस्तार गर्ने विषयमा छलफल गरेका थिए ।
आजको बैठकमा मन्त्रालय बाँडफाँडमा भागबण्डा नमिल्दा बैठक निष्कर्षविहीन भएर टुंगिएको बालुवाटार स्रोतले जनाएको छ । यससँगै मन्त्री मण्डल विस्तार थप अन्योल बन्न पुगेको छ ।
बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एउटै मन्त्रालयमा दाबी गरेसँगै बैठक निष्कर्षविहीन बन्न पुगेको हो ।
यस्तै, कांग्रेसले स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा दाबी प्रस्तुत गरेको छ । प्रधानमन्त्री देउवाले कम्युनिस्ट सरकार हुँदा परराष्ट्र सम्बन्ध बिग्रिएको भन्दै परराष्ट्र मन्त्रालय आफैले राख्न चाहेका हुन् ।
यसअघि कांग्रेसले आकर्षक मन्त्रालयहरू गृह र कानुन पाइसकेको छ । नेकपा माओवादी केन्द्रले उर्जा र अर्थ मन्त्रालय पाइसकेको छ ।
यो पनि पढ्नुहोस् : सत्ता गठबन्धनलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस









महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया