शक्तिशाली मन्त्रालयमा आ–आफ्नै दाबी, अन्योलमा मन्त्री मण्डल विस्तार

काठमाडौँ । सत्ता साझेदारी दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्र निवास बालुवाटारमा बसेको बैठक पुनः बस्ने गरी सकिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको ५० दिन पुग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेका सत्तारुढ दलहरूले आज मन्त्री मण्डल विस्तार गर्ने विषयमा छलफल गरेका थिए ।
आजको बैठकमा मन्त्रालय बाँडफाँडमा भागबण्डा नमिल्दा बैठक निष्कर्षविहीन भएर टुंगिएको बालुवाटार स्रोतले जनाएको छ । यससँगै मन्त्री मण्डल विस्तार थप अन्योल बन्न पुगेको छ ।
बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एउटै मन्त्रालयमा दाबी गरेसँगै बैठक निष्कर्षविहीन बन्न पुगेको हो ।
यस्तै, कांग्रेसले स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा दाबी प्रस्तुत गरेको छ । प्रधानमन्त्री देउवाले कम्युनिस्ट सरकार हुँदा परराष्ट्र सम्बन्ध बिग्रिएको भन्दै परराष्ट्र मन्त्रालय आफैले राख्न चाहेका हुन् ।
यसअघि कांग्रेसले आकर्षक मन्त्रालयहरू गृह र कानुन पाइसकेको छ । नेकपा माओवादी केन्द्रले उर्जा र अर्थ मन्त्रालय पाइसकेको छ ।
यो पनि पढ्नुहोस् : सत्ता गठबन्धनलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस

















16 days left to go for elections: Number of candidates opening bank account on rise
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
प्रतिक्रिया