शनिबार, मंसिर ६, २०८२

पौडेल पक्षमा सभापतिको साझा उम्मेदवार छान्न कठिन, भोलि २ बजे बैठक बस्ने

मेरोन्यूज २०७८ भदौ १५ गते १७:१९

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक सकिएको छ । मंगलबार दिउँसो २ बजे पौडेल निवास बोहराटारमा बसेको बैठकले सर्वसम्मत सभापतिको उम्मेदवारको टुंगो लगाउने एजेण्डामा रहेको थियो ।

तर, आजको बैठकले सभापतिको साझा उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक भोलि २ बजे बस्ने गरी सकिएको हो । बैठकमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पुगेका थिए ।

उनीहरू सभापतिका लागि आकांक्षीसमेत हुन् ।

प्रतिक्रिया