‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा

झापा । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले ‘दधिकादो पर्व’ मंगलबार मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् ।
कोभिड १९ को महामारीका कारण यसपाली ठूलो मेला आयोजना नगरिए पनि मौलिक परम्परालाई जोगाउँदै स्थानीयस्तरमा कार्यक्रम गरिएका छन् । राजबंशी, गनगाई र ताजपुरिया समुदायले यस पर्व विशेष रुपमा मनाउने गर्दछन् ।
मेचीनगर नगरपालिका वडा नं. ७ मदनबस्तीमा राजबंशी युवाले चिल्लो बासको टुप्पामा बाँधिएको नरिबल र पैसा झिक्ने प्रतियोगितात्मक खेलको आयोजना गरे ।
सो प्रतियोगितामा मेचीनगर– ७ का देबलाल राजबंशी प्रथम भए । दधिकादो पूर्वी नेपालका आदिवासी राजवंशीको मौलिक र विशिष्ट पर्व हो ।
‘दधि’ भनेको दही र ‘कादो’ भनेको हिलो हो । मान्यता अनुसार श्रीकृष्णले दहीको हिलोमा खेल्न मन पराउथे । यसैकारण यस पर्वमा हिलो खेलेर भगवान श्रीकृष्णको आराधना गरिन्छ ।
हिलो भएको स्थानमा अग्लो बासको टुप्पोमा नगद र नरिवल कपडामा बाँधेर राखिन्छ । युवाहरु सो बास चढेर नरिवल र नगद हात पार्ने प्रतिष्पर्धा गर्दछन् ।
बास चिल्लो बनाइएको हुँदा चढ्न मुस्किल हुन्छ भने बासका टुप्पोमा पनि तेल राख्ने गरिन्छ । यसबाट चढ्न खोज्दा बास हल्लिएर झन् चिल्लो हुन्छ । स्थानीय पुनलाल राजवंशीले यो खेल परापूर्व कालदेखि चलिआएको बताए । यसलाई राजवंशीहरुले सांस्कृतिक पहिचानको चाडको रुपमा लिने गरेका छन् ।
कोरोनाका कारण विगत दुई वर्षदेखि पर्व उल्लासपूर्वक मनाउन नपाइएको गुनासो गर्दै स्थानीयवासी युवा उत्तम राजवंशीले हिलोमा रम्ने कार्य स्वास्थ्यका दृष्टिले समेत लाभदायक भएको दावी गरे ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया