प्रदेश २ का १० जसपा सांसद लोसपामा, भोलि पनि सनाखत हुने

काठमाडौँ । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का १० जना प्रदेशसभा सदस्यहरूले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरूले सनाखत गरेका हुन् ।
सनाखत गर्ने प्रदेश सांसदहरूमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह रहेका छन् । थप केही प्रदेश सांसदहरूले भोलि सनाखत गर्ने भएका छन् ।
प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी बनेको जसपामा कूल ५५ प्रदेशसभा सदस्य रहेका थिए ।
सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएसँगै नेकपा एमाले र जपसा विभाजन भएको हो । दल विभाजन भएसँगै प्रदेशसभा सदस्य र जनप्रतिनिधिहरूले आगामी भदौ २२ गतेसम्म दल रोज्न पाउने आयोगले जनाएको छ ।

















निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया