सर्वोच्चले माग्यो पूर्वप्रधानमन्त्री खनाललाई उपचार खर्च दिनुको कारण

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नवगिठत नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई उपचार खर्च दिने सन्दर्भमा जवाफ मागेको छ । सर्वोच्च आयोगले उनलाई विदेशमा उपचार गर्न खर्च दिएको विषयमा सरकारसँग लिखित जवाफ मागेको हो ।
बुधबार न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले नेता खनालको उपचारमा खर्च दिनुको कारण देखाउ आदेश जारी गरेको हो । मिर्गौला प्रत्यारोपण गरेका उनको उपचार गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ३१ लाख रुपैयाँ दिएको हो ।
गत भदौ १३ गते विद्यार्थी संगठन अखिल छैठौँका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले राज्य कोषबाट विदेशमा गरिएको उपचार खर्च व्यहोर्नु जनस्वास्थ्य ऐन २०७५ विपरीत भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
उनले रिटमा खनाललाई उपचार खर्च उपलब्ध गराउने निर्णय बदर गर्न र उपलब्ध गराइएको रकम राज्य कोषमा फिर्ता गर्न आदेश माग गरेका थिए ।
पूर्व प्रधानमन्त्री खनाल भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर सोमबार स्वदेश फर्किएका थिए ।










जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया