फुटको संघारमा पुगेको विवेकशील साझा पार्टीको दुबै समूहको छुट्टाछुट्टै बैठक आज

काठमाडौं । फुटको संघारमा पुगेको विवेकशील साझा पार्टीका दुई समूहले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्।
पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले आ–आफ्नो समूहको छुट्टाछुट्टै बैठक बोलाएका हुन्। अध्यक्ष मिश्रले मध्यान्ह साढे १२ बजेपछि बस्ने गरी बैठक बोलाएका छन् भने संयोजक पाण्डेले बिहान ११ बजे नै बैठक बोलाएका छन्।
केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा मिश्र र पाण्डेबीच कुरा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको हो। दुबै समूहले केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएका छन् ।
१३० सदस्यीय केन्द्रीय समिति रहेको पार्टीको विधानअनुसार कुनैपनि निर्णय गर्दा सामान्य बहुमत आवश्यकता पर्छ।
अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेसँगै संयोजक पाण्डेलगायत चार नेताले पनि अर्को प्रस्ताव अघि सारेका छन्।
अध्यक्ष मिश्रले पार्टीमा देखिएको अन्यौल हटाउन केन्द्रीय समिति बैठक बोलाइएको बताएका छन् भने संयोजक पाण्डेले अध्यक्ष समझदारीमा नचलेपछि बाध्य भएर केन्द्रीय समिति बैठक राख्नुपरेको प्रष्टीकरण दिएका छन् ।
अध्यक्ष मिश्र पक्षले संयोजकलाई केन्द्रीय समिति बैठक राख्ने अधिकार नहुने बताउँदै आएको छ। संयोजक पाण्डे पक्षलेले भने अध्यक्ष र संयोजकको सहमतिमा मात्रै बैठकका एजेन्डा तय गरिनुपर्नेमा जोड दिँदै आएको छ।
गत वर्ष मंसिर २४ गते तत्कालीन साझा पार्टी र विवेकशील नेपाली दलबीच दोस्रोपटक एकता हुँदै विवेकशील साझा पार्टी बनेको थियो। त्यसअघि २०७४ साउन ११ गते पहिलो पटक साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो ।
तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै तत्कालीन अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो ।

















नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया