लुम्बिनी प्रदेशका मन्त्रीलाई थप जिम्मेवारी (पत्रसहित)

काठमाडौँ । लुम्बिनी प्रदेशका मन्त्रीहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेर गरिएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेर गरिएको हो ।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ ।
यस्तै सरकार प्रवक्तासमेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । यस्तै शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी थपिएको छ ।
यसैगरी सहसराम यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई विना विभागीयको जिम्मेवारी दिएको छ । अहिले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रसहित ७ जनाको मन्त्री मण्डल रहेको छ ।










नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया