लुम्बिनी प्रदेशका मन्त्रीलाई थप जिम्मेवारी (पत्रसहित)

काठमाडौँ । लुम्बिनी प्रदेशका मन्त्रीहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेर गरिएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेर गरिएको हो ।
प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ ।
यस्तै सरकार प्रवक्तासमेत रहेको आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । यस्तै शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी थपिएको छ ।
यसैगरी सहसराम यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई विना विभागीयको जिम्मेवारी दिएको छ । अहिले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रसहित ७ जनाको मन्त्री मण्डल रहेको छ ।

















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया