तालिवानलाई रोक्न अमेरिकी राष्ट्रपति र घानीबीच १४ मिनेट वार्ता, के कुरा गरे ?

काठमाडौँ । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएसँगै पञ्जशीरबाहेक पूरै देशमा तालिवानले कब्जा जमाएको छ । गत १५ अगस्टमा तत्कालीन अफगानी राष्ट्रपति अशरफ घानीले देश छाडेसँगै तालिवान तीव्र गतिमा राजधानी काबुल प्रवेश गरेका थिए ।
देश छाडेर जानु २३ दिनअघि तत्कालीन राष्ट्रपति घानीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फोन गरी सहयोग मागेका थिए । उनीहरूबीच १४ मिनेट कुरा भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार गत २३ जुलाईमा अमेरिकी राष्ट्रपति बाइडेन र घानीबीच फोन वार्ता भएको हो । फोनमा बाइडेनले घानीसँग अफगानी सरकारले तालिवानको गतिविधि रोक्ने योजना माग गरेका थिए । बाइडेनले भनेका थिए, ‘तालिवानलाई रोक्ने तपाईको योजना के छ, त्यसपछि हामी सहयोग पठाउँछौँ ।’
मद्दत गर्न चाहन्थे बाइडेन
रोयटर्सको रिपोर्टअनुसार राष्ट्रपति बाइडेन चाहन्थे कि अफगानिस्तानका सेना प्रमुख जनरल बिस्मिल्लाहलाई तालिवानविरूद्ध लड्ने जिम्मेवारी होस् । फोन वार्तामा उनले अफगानिस्तानका सेनालाई सहयोग गर्न सक्दो कोशिश गरेको बताएका छन् । वार्ताका क्रममा घानीले पाकिस्तानका विषयलाई लिएरसमेत बाइडेनसँग कुरा गरेका थिए ।
घानीले भनेका थिए, ‘पाकिस्तानले आफ्नो १० देखि १५ हजार युवा तालिवानलाई सहयोग गर्न पठाएका छन्, उनीहरू अफगानिस्तानमा तालिवानको तर्फबाट युद्ध गरिरहेका छन्, यसपटक तालिवानले पूरै शक्ति प्रयोग गरी हमला गरिरहेका छन् ।’
रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस तथा घानीसँग फोन वार्ताको विषयमा कुरा गर्न खोजे पनि दुईतर्फबाट कुनै भनाई आएको छैन । एजेन्सी

















निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया