माओवादीले ५ दिनभित्र पार्टीको निर्वाचन आयोगलाई पूर्णता दिने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको निर्वाचन आयोगलाई ५ दिनभित्र पूर्णता दिने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको माओवादी स्थायी समिति बैठकले त्यसको तयारीका लागि छलफल थालेको छ ।
पार्टीको पौष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने तयारी माओवादीले गरेसँगै त्यसअगाडि सम्पन्न गर्नु पर्ने सेल, टोल भेला–सम्मेलन, वडा, गाउँ, नगर सम्मेलन, प्रदेश सम्मेलनलगायतका काम गर्न निर्वाचन आयोगलाई पूर्णता दिनु अनिवार्य भएकाले त्यसका लागि ५ दिनभित्र काम सक्ने समय तालिका माओवादीले तय गरेको हो ।
माओवादीले असोज १० मा सेल र टोल सम्मेलन, असोज २० मा वडा सम्मेलन, कात्तिक ६ गते गाउँ नगर सम्मेलन र मंसिर १५ मा प्रदेश सम्मेलन गर्ने निर्णय लिएको छ ।
त्यसका लागि पार्टीले काम थाल्नु पर्ने र निर्वाचन समितिलाई पूर्णता दिनु पर्ने विषयमा शुक्रबारको स्थायी समिति बैठकमा छलफल भएको आयोगका अध्यक्ष विष्णु पुकार श्रेष्ठले जानकारी दिए ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रतिक्रिया