कांग्रेसको ३५ जिल्लामा वडा अधिवेशन सकियो
प्रदेश २ मा वडा अधिवेशन हुन सकेन

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबार देशका ३५ जिल्लामा वडा अधिवेशन भएको छ ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले बताए । शुक्रबार ३८ जिल्लामा वडा अधिवेशन हुनुपर्ने भए पनि ३५ जिल्लामा शुक्रबार अधिवेशन भएको यादवले जानकारी दिए ।
क्रियाशील सदस्यता नामावली पार्टीको वेव साइटमार्फत सार्वजनिक गरेका ५६ जिल्लाहरूमा शुक्रबारदेखि महाधिवेशन सुरु भएको हो ।
गत साउन ३० गते प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्य समिति बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार शुक्रबारदेखि शुरु भएको वडा अधिवेशन आगामी २७ गतेसम्म सम्पन्न गर्नु पर्नेछ ।
कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यसअघि ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वडाहरूमा अधिवेशन एकसाथ सुरु गर्ने सम्झदारी गरेका थिए ।
कांग्रेसले ५६ जिल्लाको मात्र नामावली सार्वजनिक गरेको छ । अन्य २१ जिल्लामा क्रियाशील विवाद समाधान नहुँदा नामावली सार्वजनिक हुन सकेको छैन । १० जिल्लामा शनिबार र आइतबार वडा अधिवेशन हुने कांग्रेसले जनाएको छ ।
प्रदेश २ मा वडा अधिवेशन हुन सकेन
चौधौं महाधिवेशन अन्तर्गत शुक्रबार विभिन्न जिल्लामा वडा अधिवेशन गरेको कांग्रेसको प्रदेश २ का कुनै पनि वडामा अधिवेशन हुन सकेन ।
प्रदेश २ का ८ सहित २१ वटा जिल्लामा वडा अधिवेशन हुन नसकेको हो ।
प्रदेश २ को ८ वटै जिल्लामा काँग्रेसको क्रियाशील सदस्यता विवाद कायमै छ ।
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
प्रतिक्रिया