साठी लाख जरिवना ठहर भएका व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ६० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसूर मुद्दामा उच्च अदालत पाटनले ६० लाख जरिवना गरेपछि फरार रहेका इलाम विर्तामोडका ४३ वर्षीय टङ्कनाथ कट्टेललाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ ४ गतेको फैसलापछि सात दिन कैद र बिगो बमोजिम ६० लाख जरिवनापछि फरार रहेका कट्टेललाई बिहिबार झापाको विर्तामोडबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका उनले आफ्नो सिभिल बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले उनलाई बैंकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले जानकारी दिए ।

















दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
नेप्से परिसूचकमा सकारात्मक सर्किट
समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना
India wins T20 World Cup Cricket title
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया