ट्रक दुर्घटनामा एक जनाको मृत्यु, १० घाइते

किमाथाङ्का । सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।
अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०८३ नम्बरको मिनीट्रक चिचिला–१ पात्लेमा गएराति दुर्घटना हुँदा चालक धनकुटाको महालक्ष्मी नगरपालिका–६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार घाइते भएका १० मजदुरमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइत हुनेहरुमा खाँदबारी नगरपालिका–७ का २९ वर्षीय बब्लु मगर, भारत आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको सुवेदीले जानकारी दिए ।
चालक पाण्डेको शव ट्रकले किचेको अवस्थामा आज बिहान निकालेर परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदैछ । घाइते १० मध्ये आठ जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् ।
घाइते हुने भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार छन् । दुर्घटनामा खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन् ।
घाइतेमध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

















बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री कार्की
काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
China FM blasts Middle East war, urges US to manage ties
उदयपुर– १ मा रास्वपाका पारसमणि गेलाल विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया