प्रदेश २ का थप २ सांसद एकीकृत समाजवादीमा
मेरोन्यूज
२०७८ भदौ २० गते १३:२७

काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित भएका प्रदेश २ का दुई प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा गएका छन् । सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आज एकीकृत समाजवादीको दलमा सनाखत गरेका हुन् । उनीहरूले जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोगमा पुगेर सनाखत गराएका हुन् ।
गत बिहीबार एमालेका १० जना सांसदले एकीकृत समाजवादी रोजेका थिए । प्रदेश २ मा नेकपा एमालेको २१ प्रदेशसभा सदस्यमध्ये १२ जना एकीकृत समाजवादीमा गएका हुन् ।
यसअघि सांसदहरू शत्रुद्यन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जु कुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव एकीकृत समाजवादीमा गएका थिए ।
सम्बन्धित

















16 days left to go for elections: Number of candidates opening bank account on rise
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया