प्रदेश २ का थप २ सांसद एकीकृत समाजवादीमा
मेरोन्यूज
२०७८ भदौ २० गते १३:२७

काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित भएका प्रदेश २ का दुई प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीमा गएका छन् । सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आज एकीकृत समाजवादीको दलमा सनाखत गरेका हुन् । उनीहरूले जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोगमा पुगेर सनाखत गराएका हुन् ।
गत बिहीबार एमालेका १० जना सांसदले एकीकृत समाजवादी रोजेका थिए । प्रदेश २ मा नेकपा एमालेको २१ प्रदेशसभा सदस्यमध्ये १२ जना एकीकृत समाजवादीमा गएका हुन् ।
यसअघि सांसदहरू शत्रुद्यन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जु कुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव एकीकृत समाजवादीमा गएका थिए ।
सम्बन्धित









कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया