घिसिङविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा
मेरोन्यूज
२०७८ भदौ २० गते १४:३५

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
आइतबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा पेसी तोकिएको थियो । तर, उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
यसअघि प्रधानन्यायाधीश जबराको इजलासले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरण सञ्चालक समिति बैठकको निर्णय र शाक्य तथा प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।
प्राधिकरणका पूर्व कार्यकारी निर्देशक शाक्यले आफूलाई गैरकानुनी रूपमा सरकारले हटाएको भन्दै कुलमानको नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया