अटो चालकको हत्या
मेरोन्यूज
२०७८ भदौ २० गते १४:३४
झापा । जिल्लाको विर्तामोड नगरपालिका ४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका ३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको बताए । मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबालाई मारेर भागेको प्रहरीलाई बताएका छन् ।
सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर मारेको र त्यसपछि आफ्नो ९ वर्षीय छोरा श्रीमनलाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी आएकाले उनको खोततलास भइरहेको प्रवक्ता थापाको भनाइ छ ।
सम्बन्धित

















Gold and silver prices increase in domestic market
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री कार्की
काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
China FM blasts Middle East war, urges US to manage ties
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिक्रिया