चिकित्सा शिक्षा नियमावली संशोधन गर्न सुझाव

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली–२०७७’ संशोधन गर्न सुझाव दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी नियमावली संशोधन गर्न सरकारलाई सुझाव दिएको हो ।
समिति सभापति जयपुरी घर्तीले नियमावलीमा सामुदायिकबाहेक विद्यालयका विद्यार्थीलाई पनि छात्रवृत्ति दिन सकिने गरी व्यवस्था गरिनु राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को मर्म र आशयविपरीत भएकाले संशोधन हुनु पर्ने सुझाव रहेको बताइन् ।
बैठकमा चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले निर्देशिकाका कतिपय व्यवस्था आयोगको सुझावबिना सरकारबाट ल्याइएकाले आगामी दिनमा थप व्यवस्थित गरिने बताए । उनले कक्षा–१२ को परीक्षा सकिएपछि यस वर्षको आयोगको विभिन्न परीक्षाको तालिका सार्वजनिक गरिने जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले निर्देशनानुसार अर्थ र कानुन, न्याय तथा संसादीय मामिला मन्त्रालयको राय लिएर संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव तयार गरिने बताए ।









पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया