काठमाडौंमा बाढीबाट ३८२ घर डुबानमा, १३८ जनाको उद्धार
मेरोन्यूज
२०७८ भदौ २१ गते ८:४२

काठमाडौं । काठमाडौंमा गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीबाट तीन सय ८२ घर डुबानमा परेका छन् । काठमाडौंका खोला किनारका बस्ती डुबानमा परेका एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । उनले भने, ‘मानवीय क्षति भनेभएको छैन ।’
सम्बन्धित
प्रतिक्रिया