जनताको साथले पूरै देश सुरक्षित भयो : तालिवान

काठमाडौँ । अफगानिस्तानको पञ्जशिर प्रान्तमा भइरहेको युद्ध अन्ततः टुंगिएको छ । प्रान्तका सैनिकहरूले तालिवानलाई कडा टक्कर दिँदै आए पनि पराजीत भएका हुन् ।
आइतबार पञ्जशिरमा जित हात पारेसँगै पूरै अफगानिस्तान तालिवानको कब्जामा पुगेको छ । तालिवानी लडाकुले पञ्जशिरको गभर्नर निवासमा आफ्नो झण्डा गाडेका छन् । उनीहरूले झण्डा गाडेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए ।
तालिवानी प्रवक्ता जविउल्ला मुजाहिदले अफगानिस्तानले तालिवानको विरोध गर्ने सबै परास्त भएको बताएका छन् । उनले आखिरमा देश युद्धबाट बाहिर आएको प्रतिक्रिया दिए । ‘अल्लाहको आशिस तथा देशका जनताले साथ दिएसँगै पूरै देश सुरक्षित गर्ने जिम्मेवारी आएको छ,’ उनले भने ।
पञ्जशिरको युद्धमा तालिवानले हवाई हमला गरेका थिए । अफगानी मिडियाका खबरअनुसार यो हमला पाकिस्तानी पाइलटले गरेका थिए । पञ्जशिरमा शैनिक प्रमुख नेता तथा देशका पूर्व उपराष्ट्रपति अमरुल्ला सालेह बसेको घरमा तालिवानले हवाई हमला गरेको थियो । एजेन्सी















यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने
दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया