काठमाडौं महानगरपालिका जनप्रतिनिधि २ लाख घुससहित पक्राउ
मेरोन्यूज
२०७८ भदौ २१ गते १९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि घुससहित रंगेहात पक्राउ परेका छन् । काठमाडौं महानगर १४ नम्बर वडाका वडा सदस्य वसन्त महर्जन २ लाख रुपैयाँ घूस रकम सहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूस रकम लिइसकेको अवस्थामा वडा सदस्य महर्जनलाई कलंकी खसीबजारमा रहेको न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको हो ।
महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण–पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका सेवाग्राहीसँग घुस रकम लिएका थिए ।
उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
सम्बन्धित
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया