काठमाडौं महानगरपालिका जनप्रतिनिधि २ लाख घुससहित पक्राउ
मेरोन्यूज
२०७८ भदौ २१ गते १९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि घुससहित रंगेहात पक्राउ परेका छन् । काठमाडौं महानगर १४ नम्बर वडाका वडा सदस्य वसन्त महर्जन २ लाख रुपैयाँ घूस रकम सहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूस रकम लिइसकेको अवस्थामा वडा सदस्य महर्जनलाई कलंकी खसीबजारमा रहेको न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको हो ।
महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण–पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका सेवाग्राहीसँग घुस रकम लिएका थिए ।
उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
सम्बन्धित
















इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल
मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया