गण्डकी प्रदेशसभामा माधव नेपालको पार्टी रित्तो

पोखरा । देशका विभिन्न प्रदेशहरुमा नेकपा एमालेसँग बराबरी अवस्थामा देखिएका माधव नेपाल नेतृत्वको समाजवादी पार्टी गण्डकी प्रदेशसभामा भने रित्तो बनेको छ ।
राष्ट्रिय जनमोर्चाका एक सांसद निलम्बित भएसँगै ५९ सदस्य रहेको गण्डकी प्रदेशसभामा एमालेका २७ सांसद रहेका छन् । ती मध्ये बाग्लुङका एक जना सांसद इन्द्रलाल सापकोटामात्रै यसअघि माधव नेपाल पक्षमा थिए । तर पार्टी विभाजनपछि उनी पनि एमालेमै रहेपछि गण्डकी प्रदेशसभामा माधव नेपाल नेतृत्वको समाजवादी पार्टी रित्तो बनेको हो ।
निर्वाचन कार्यालयले नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहने सांसदहरुलाई सनाखतका लागि बोलाएपछि सापकोटा जान्छन् कि भन्ने आशंका एमालेलाई थियो । तर उनी पनि एमालेमै रहने बताएपछि नेकपा एस गण्डकी प्रदेश संसदमा रित्तो बनेको छ ।
माधव नेपाल पक्षका भनिएका सापकोटाले यसअघि तत्कालिन नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्ने बेलामा पनि पाँच दलीय गठबन्धनलाई साथ दिएका थिएनन् ।
तत्कालिन मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्नेबेलामा उनी एमालेकै पक्षमा मतदान गरेका थिए । यद्यपि एमालेमा त्यतिबेला ओली–माधव रस्साकस्सी भएकाबेला गण्डकी प्रदेशसभामा माधव पक्षका एक्लो वृहस्पति भनी चर्चामा आएका थिए ।
पार्टी विभाजनपछि एमालेमै रहने स्पष्ट पारेका सापकोटाले आफू एमालेको दोस्रो पुस्ताको समूहमा समेत नरहेको प्रष्ट पारेका छन् । उनले आफूले पार्टी अध्यक्ष ओली पक्षको पनि नभएको र दोस्रो पुस्ताका समूहमा पनि नरहेको बताएका छन् ।

















15 days to go for voting: EC appeals to all not to misuse technology
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
रास्वपाकी मधेश प्रदेश संस्थापक सभापतिले छोडिन् पार्टी
अण्डाको मूल्य बढ्यो
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया