बुधबार, वैशाख १०, २०८२

कांग्रेस तादीमा सर्वसम्मत नेतृत्व चयन

मेरोन्यूज २०७८ भदौ २२ गते २२:००

नुवाकोट । नेपाली कांग्रेसको तादी गाँउपालिका ३ मा सर्वसम्मत नेतत्व चयन भएको छ । वडा सभापति देखि क्षेत्रीय प्रतिनिधिसम्म कांग्रेसले सर्वसम्मत रुपमा चयन गरेको हो ।

नेतृत्व सर्वसम्मत बनाउनका लागि कांग्रेस युवा नेता प्रमोद रिमाल, तादी गाउपालिका अध्यक्ष नारायण पाण्डे र अर्का नेता विषम रिमाल लगायतका नेताहरुले पहल लिएका थिए ।

जसअनुसार, वडा सभापतिमा हेमन्त सिटौला निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रीय प्रतिनिधिका रुपमा प्रमोद रिमाल, नारायण पाण्डे, विषम रिमाल, रामेश्वर उप्रेती, दिनेश खनाल, सूर्य तामाङ लगायत निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया