एनआरएनए महासचिवमा डा पौडेलको उम्मेदवारी

बागमती । नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता संगठन गैरआवासीय नेपाली संघ ९एनआरएनए०को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाक्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।
आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले आ–आफ्नो पदको घोषणा गरी चुनाव प्रचारप्रसार व्यापक बनाउँदै गएका हुन् । यसै सन्दर्भमा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेलले आशन्न महाधिवेशनमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
एनआरएनएको महासचिव पद महत्वपूर्ण जिम्मेवारी हो । एनआरएनमा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो । सबैमाझ लोकप्रिय र नम्र स्वभावका डा पौडेलले संस्थागत विकासका लागि यस पटक आफू महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताए । उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा महासचिव पदमा आफूले उम्मेदवारी दिन लागेको जानकारी दिए ।
तनहुँ जिल्ला व्यास नगरपालिका–९ स्थायी घर भएका उनी विगत १७ वर्षदेखि अमेरिकामा चिकित्सा क्षेत्रमा संलग्न भई बसोबास गर्दै आउएका छन् । सन् २०१३ देखि एनआरएनएमा आबद्ध उनले यसअगावै २०१३–२०१५ सम्म एनआरएनए अमेरिकाको सल्लाहकार, यसैगरी २०१५–२०१७ र २०१७–२०१९ सम्म निरन्तर दुई कार्यकाल एनआरएनए अमेरिकाको अध्यक्ष र सन् २०१९–२०२१ सम्म एनआरएनए अमेरिकाको प्रमुख संरक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
डा पौडेलले यस पटक एनआरएनए संस्थागत सुशासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राखेर मतदातासामु प्रस्तुत भएका छन् । अमेरिकामा सक्रिय चिकित्सक पेसामा संलग्न डा पौडेल नेपालमा समेत ग्रिनसिटी अस्पतालमार्फत चिकित्सा क्षेत्र आबद्ध छन् । डा पौडेल चिकित्सा क्षेत्रअन्तर्गत विशेषगरी इन्टरनल मेडिसिन विज्ञका रूपमा परिचित छन् ।
डा पौडेलले वर्तमान अवस्थामा कोभिड–१९ को उपचार र रोकथामका लागि एनआरएनए अमेरिकाको सहजीकरणमा करोडौँ मूल्य बराबरको आवश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । डा पौडेलको अमेरिकामा चिकित्सा साथ साथै होटल व्यवसायको क्षेत्रमा समेत लगानी छ ।
आगामी अक्टोबर २३ देखि २५ सम्म हुने एनआरएनए अन्तर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनका दौरानमा भर्चुअलमार्फत हुने निर्वाचनमा विभिन्न पदका आकाक्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । निर्वाचन कार्यक्रममा ६५ मुलुकका तीन हजार ६०० प्रतिनिधि भर्चुअलमार्फत सहभागी हुनेछन् ।










आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गुर्खाजसँग जनकपुर पराजित
प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
एनपिएलको तयारी पूरा
प्रतिक्रिया