मनसुनी वायुको प्रभाव : वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक रहेकाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
विभागका अनुसार बिहीबारदेखि उक्त न्यून चापीय रेखा औसत स्थानभन्दा तल सर्ने सम्भावना रहेकाले भारी वर्षा हुने छैन । “मनसुनको समय अझै बाँकी नै रहेकाले बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायम रहनेछ”, मौसमविद् प्रतिभा मान्नधरले भने ।
हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया