किरण चेम्जोङ प्रिमियर स्कुलको स्पोर्टस् एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई हात्तीबनको प्रिमियर इन्टरनेशनल आईबी वल्र्ड स्कुलले स्पोट्र्स एम्बासडर नियुक्त गरेको छ ।
राजधानीमा एक कार्यक्रम गरी प्रिमियरले नेपाली राष्ट्रिय टोलीका कप्तान किरणलाई तीन वर्षको लागि एम्बासडर नियुक्त गरेको हो । प्रिमियर स्कुलका प्रबन्ध निर्देशक वसन्त थापा र किरणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै किरण स्कुलको स्पोट्र्स कार्यक्रममा सामेल हुने छन् भने फुर्सदिलो समयमा स्कुलमा आबद्ध भएका विद्यार्थीलाई फुटबलको प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, स्कुलका पदाधिकारीले किरणसँग जोडिनु संस्थामा आबद्ध भएका विद्यार्थीका लागि फाइदा भएको बताए ।
प्रिमियरले शिक्षासँगै राम्रो फुटबल खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने कप्तान किरणले विश्वास व्यक्त गरेका छन् ।

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया