एमाले स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ २५ गते ९:२३

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । शुक्रबार ४ बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
बैठकमा विधान महाधिवेशनका दस्तावेजमाथि छलफल र नेताको कार्यविभाजन हेरफेर गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने सचिव तामाङले बताए ।
स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरी आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने छ । एमालेको केन्द्रीय कमिटी बैठक असोज १ र २ गते बस्ने बताइएको छ ।
एमालेको विधान महाधिवेशन असोज ४,५ र ६ गते काठमाडौंमा हुँदैछ । यस्तै बैठकले स्थायी कमिटीका नेताको जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।
सम्बन्धित

















बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
बुधवारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बङ्गलादेशका प्रधानमन्त्री रहमान र नेपालका परराष्ट्रमन्त्री शर्मा बिच भेटवार्ता, निर्वाचन सफलताको कामना
आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन खेल हुँदै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया