एमाले सांसदका विरोधबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश
मेरोन्यूज
२०७८ भदौ २५ गते १३:२९

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तीव्र विरोधका बीच उनले अध्यादेश पेश गरेका हुन् ।
बैठक सुरु भएसँगै एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए । गृहमन्त्री खाँणले अध्यादेश पेश गरेसँगै आ–आफ्नो आसनमा बसेका थिए ।
यससँगै आजको बैठकमा महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक प्रस्ताव पास गरी आगामी २८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
सम्बन्धित

















अब सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
आजकाे माैसम: उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात
आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
प्रतिक्रिया