गुटबन्दीभन्दा योग्यता र दक्षता प्राथमिकतामा नेतृत्व चयनमा जोड

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कार्यकर्ताले गुटबन्दीभन्दा योग्यता र दक्षताका आधारमा नेतृत्व चयन गर्नु पर्ने बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको अधिवेशनको शुक्रबार आयोजित एक कार्यक्रममा उनले जनताको भरोसाको केन्द्र कांग्रेस भएकाले आन्तरिक स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई आग्रह गरे ।
गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताका आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव दिँदै उनले पार्टी संगठनलाई सशक्त बनाएर लैजान सक्ने नेतृत्व आवश्यक भएको बताएका थिए । पोखरा महानगर समितिको अधिवेशनले आगामी कार्यकालका लागि १६५ सदस्यीय कार्यसमिति चयन गर्ने छ ।
नेतृत्वमा एक महिलासहित ६ जनाको सभापतिमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिइन् । उनका अनुसार समितिको पदाधिकारी चयनका लागि हुने निर्वाचनका लागि कुल मतदाता एक हजार ३७० मतदाता छन् ।
महानगरको सभापति पदका लागि सुरेन्द्रमान बिजुक्छे, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, मिलन तिवारी, गंगाधर पराजुली र ज्योति हमालले उम्मेदवारी दिएका छन् । यसैबीच महानगरमा सभापतिको उम्मेदवारी दिएका गंगाधर पराजुलीले पत्रकार सम्मेलन गर्दै पोखरा महानगरपालिकामा नेपाली कांग्रेसलाई सबैले भरोसा गर्ने पार्टीका रूपमा स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताए ।
लामो समय पत्रकारिता क्षेत्रमा बिताएका पराजुलीले यसअघि नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनको केन्द्रीय उपसभापतिका साथै रासस सञ्चालक समितिको सदस्य एवं न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षलगायतका जिम्मेवारी सम्हालिसकेका छन् ।

















रहमानको मन्त्रिपरिषद् घोषणा
ठगीका अभियोगमा तीन जना पक्राउ
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
प्रतिक्रिया