मौसममा केही सुधार, वर्षाको सम्भावना कायमै
मेरोन्यूज
२०७८ भदौ २६ गते ८:११

काठमाडौँ । देशभरको मौसममा केही सुधार हुने भएको छ । शनिबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार र सोमबार पनि देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने छ ।
सम्बन्धित









कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया