एमालेको स्थायी कमिटी बैठक सकियो, विधान अधिवेशन प्रतिनिधिका बारेमा छलफल

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । आज बिहान ललितपुर च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले आगामी विधान अधिवेशन आयोजनाबारे छलफल गरेको पार्टी प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।
बैठकपछि पत्रकारसँग बोल्दै उनले विधान अधिवेशनमा मुख्यतः तीन वटा विषयमा छलफल भएको जानकारी दिए । ‘विधान अधिवेशनमा मुख्यः तीन वटा प्रतिवेदन हुन्छ । राजनीतिक दस्तावेज, विधान र संगठानात्मक प्रस्ताव र एजेण्डाका बारेमा हामीले छलफल गरेका छौँ,’ उनले भने, ‘अहिले विधान अधिवेशनमा भाग लिने प्रतिनिधिका बारेका छलफल गरेका छौँ, अहिले जुन प्रस्ताव आएको छ, जसले देशभरबाट करिब ३ हजारको आसपासमा प्रतिनिधि हुने विधान महाधिवेशनको प्रस्ताव भएको छ ।’
उनले एमसीसीको बारेमा पहिले सत्ता पक्षका दलहरूले प्रतिनिधिसभा बैठकमा टेलुब गरेसँगै पार्टीले सोहीअनुसार अगाडि बढ्ने बताए । यस्तै, उनले सभामुख अग्निप्रसाद सापकोटाले एमाले पार्टी विभाजनमा ठूलो भूमिका खेलेको आरोप लगाए ।
‘नेकपा एमालेको विभाजनमा उहाँ (सभामुख)ले चित्ता बुझ्दो उत्तर दिनु भएको छैन,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दलसँग सभामुखले कुनै छलफल गर्नु भएको छैन, त्यस कारण सभामुखले उचित भूमिका खेल्नु भएन ।’ पार्टीको अर्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

















अब सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
आजकाे माैसम: उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात
आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रतिक्रिया