फलाम उद्योगको भट्टी पड्किँदा पाँच मजदुरको मृत्यु
मेरोन्यूज
२०७८ भदौ २६ गते १७:५९

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्येगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर पाँच मजदुरको मृत्यु भएको छ ।
यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदुर घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदुरलाई उपचारका लागि विहारको पटनास्थित अपोलो अस्पतालमा लगिएको थियो । उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतको विहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक, उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनऊका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामकुमार यादवको रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीकाअनुसार उपचारकै क्रममा यही भदौ १६ गते तीन जना र भदौ १८ गते २ जनाको मृत्यु भएको हो । अन्य घाइतेहरुको वीरगञ्जको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया