‘माधव नेपालसहित १४ जनालाई निष्कासन गरेको सूचना नटाँसेसम्म अवरुद्ध हुन्छ’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रतिनिधिसभा बैठक सुरु गराउन पहल नगरेको भन्दै सत्तापक्ष र सभामुख दुवैप्रति आक्रोश व्यक्त गरेका छन् ।
पूर्व सभामुखसमेत रहेका नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद अवरुद्ध पार्नु परेको स्पष्ट पारे । उनले यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भन्दै प्रश्नसमेत गरेका थिए ।
आइतबार संसद भवन परिसरमा उनले संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नु हुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन सञ्चारकर्मीलाई आग्रह गरे । उनले भने, ‘ ‘संसद बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म हामीप्रति भेदभाव भइरहेको छ, त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो ? यस्तो भइरहँदा सत्तापक्ष र सभामुखले अहिलेसम्म कुरा नगरिकन, छलफल नगरिकन बसी राख्न सक्नु हुन्छ ?’
उनले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्काशन गरेका १४ जना सांसदहरुको सूचना संसद सचिवालयमा टाँस नगरुञ्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने पार्टीको अडान समेत दोेहो¥याए ।

















बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
बुधवारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बङ्गलादेशका प्रधानमन्त्री रहमान र नेपालका परराष्ट्रमन्त्री शर्मा बिच भेटवार्ता, निर्वाचन सफलताको कामना
आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन खेल हुँदै
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया