सभामुख सापकोटाले बोलाएको बैठक एमालेद्वारा बहिष्कार

काठमाडौँ । नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे सर्वदलीय बैठक बोलएका छन् ।
उनले संसदमा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेतालाई छलफलका लागि बोलाएका हुन् । एमालेले संसद बैठकलाई निरन्तर अवरोध गर्दै आएपछि त्यसको नाकसका लागि उनले सर्वदलीय बैठक बोलाएका हुन् । तर सभामुखले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
सर्वदलीय बैठकको कुनै औचित्य नभएकाले ओली बैठकमा सहभागी नहुने एमाले सचेतक शान्ता चौधरीले बताइन् । उनले सर्वदलीय बैठक राखेर यो समस्या समाधान नहुने बताइन् । सभामुख र एमालेबीच समस्या भएको भन्दै उनले अरुसँग बस्नुको कुनै अर्थ नभएको बताइन् । पार्टीबाट कारबाही गरेका माधव नेपाल पनि बैठकमा आउने भएकाले त्यो बैठकमा सहभागी नहुने एमालेले जनाएको छ ।

















रहमानको मन्त्रिपरिषद् घोषणा
ठगीका अभियोगमा तीन जना पक्राउ
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
प्रतिक्रिया