गजुरेलले भने– नेपाललाई विदेशीको रणभूमि बनाउन दिँदैनौं
मेरोन्यूज
२०७८ भदौ २८ गते १५:३२

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले कुनै पनि हालतमा नेपाललाई विदेशीको रणभूमि बनाउन नदिने बताएका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौंको खुलामञ्चमा आयोजित एमसीसीविरुद्धको सभामा बोल्दै गजुरेलले एमसीसीकाे नामबाट देशलाई विदेशीको रणभूमि बनाउन नदिने बताए ।
सिरियामा जसरी विदेशीहरुको आक्रमण भइरहेको छ, त्यसरी नेपाललाई सिरिया बनाउन दिन तयार नभएको गजुरेलले बताए ।
सबै देशभक्त एक हुन पनि नेता गजुरेलले आह्वान गरेका छन् । उनले विप्लव नेतृत्वको नेकपा र आफ्नो पार्टीबीच कहिले एकता हुन्छ भनेर जनताले सोधिरहेको पनि उनले बताए ।
विप्लवसँग मात्र नभई सबै क्रान्तिकारी देशभक्तहरु एक हुनुपर्ने भन्दै उनले सोही मञ्चबाट संसद बाहिरको क्रान्तिकारी पार्टीहरुबीच एकताका लागि आग्रह गरे ।
सम्बन्धित










संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया