डडेलधुरामा फेरि वडा अधिवेशन गराउन पौडेल समूहको माग

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा भएको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिसमक्ष माग गरेको छ । भदौ २५ मा जिल्ला कार्य समिति र वडा सभापतिहरूको सहमतिविपरीत सभापति देउवा पक्षले वडा अधिवेशन गरेको भन्दै अधिवेशन स्वीकार्य नहुने नेता पौडेल बताए ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेता पौडेलले डडेल्धुरामा फेरि वडा अधिवेशन गरिनुपर्ने बताए । ‘तलबाट पठाइएको क्रियाशील सदस्यको नाममा हेरफेर गरेर केन्द्रबाट नाम पठाइएको छ,’ उनले भने, ‘यस्तो क्रियाकलाप लोकतान्त्रिक पार्टी कांग्रेसमा हुनु गम्भीर हो ।’
सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको गृह जिल्ला हो, डडेलधुरा । यहाँ क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान नगरी वडा अधिवेशनबाट नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको थियो ।
पौडेलले भने, “डडेलधुरामा जसरी अधिवेशन गरियो, हामीले भेटेरभन्दा पनि नमानेर, राज्यसत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले निर्वाचन गरियो । त्यो अधिवेशनको सुरुवातमा देखिएको कुलक्षण हो । यसले महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा आशंका छ । फेरि चुनाव गराउनुपर्छ । हामीलाई फेक चुनावको मान्य छैन । निर्वाचन समितिले मान्यता दिनुहुँदैन ।



















रहमानको मन्त्रिपरिषद् घोषणा
ठगीका अभियोगमा तीन जना पक्राउ
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
प्रतिक्रिया