बजारमा आउने भयो टेलिकमको ‘नमस्ते पे’

काठमाडौं । नेपाल टेलिकमको मुख्य लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले आफ्नो अनलाइन भुक्तानी सेवा सुरु गर्ने भएको छ ।
कम्पनीले आवश्यक तयारी पूरा गर्दै ‘नमस्ते पे’ को सेवा मंगलबार भदौ २९ गतेदेखि सञ्चालनमा ल्याउन लागेको हो ।
त्यसो त कम्पनीले यसअघि समेत भुक्तानी सेवा सार्वजनिक गर्ने मिति तय गरेको थियो । तर आवश्यक तयारी पुरा नहुँदा केही ढिलो गरी सेवा सञ्चालनमा आउन लागेको टेलिकमले जनाएको छ ।
नमस्ते पे एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको र मंगलबारदेखि सञ्चालनमा आउन लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनले सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनुका साथै वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ ।
त्यसैगरी प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सकिने प्रबन्ध निर्देशक अधिकारीले बताए ।
सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् । मर्चेन्टका लागि कुनै एउटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सँग सम्झौता भइसकेको टेलिकमले जनाएको छ ।
















कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया