राष्ट्रिय विज्ञान दिवस मनाउने सरकारको तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरेको छ ।
विज्ञान तथा प्रविधिका क्षेत्रमा अहिलेसम्म भए गरेका प्रगतिबारे जनचेतना फैलाउनका साथै देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधिसचिव डा सुरेश आचार्यले विज्ञान तथा प्रविधिका विभिन्न खोज अनुसन्धानकाका साथै आविस्कारबारे जानकारी गराउन दिवस मनाउन लागिएको बताए ।
सचिव आचार्यका अनुसार दिवसका अवसरमा वैज्ञानिक खोजमा संलग्न नवप्रतिभालाई प्रोत्साहनका साथै यस क्षेत्रमा योगदान गरेकालाई सम्मान तथा पुरस्कार वितरण गरिने छ । युवा जनशक्तिलाई स्वदेशमा रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्न दिवस उपयोगी हुनेछ ।
‘विज्ञान र प्रविधिको उन्नत विकास ः प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूल नाराका साथ मनाइने दिवसमा विज्ञान पत्रकारिता, एरोनोटिकल प्रविधि, अन्तरिक्ष प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि र जैविक प्रविधिविधामा पुरस्कार घोषणा गरिने छ ।
विसं २०७० असोज १ देखि राष्ट्रिय विज्ञान दिवस मनाइँदै आएको छ । (रासस)

















कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
प्रतिक्रिया