गैँडाकोट दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो
मेरोन्यूज
२०७८ भदौ २९ गते १०:५०
काठमाडौँ । गैँडाकोटमा आज बिहान भएको दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुलेको छ । घटनामा तीन जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरूमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका ८ की ७० वर्षीय योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीय रंगी तिवारी रहेका छन् ।
प्रहरीका अनुसार सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी २४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गैँडाकोट नगरपालिका १० स्थित स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएको हो ।
सम्बन्धित









चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ
१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
प्रतिक्रिया