बुधबार, फागुन ६, २०८२

राष्ट्रियसभाका अध्यक्ष र प्रधानसेनापतिबीच भेटवार्ता

मेरोन्यूज २०७८ भदौ २९ गते ११:२२

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेट वार्ता भएको छ । उनीहरूबीच मंगलबार बिहान भेट वार्ता भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सिंहदरबारस्थित संघीय संसद सचिवालय भवन नं २ मा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा अध्यक्ष तिमिल्सिना र प्रधानसेनापति शर्माबीच भेट भएको हो ।

करिब २० मिनेट भएको भेटमा देशको शान्ति सुरक्षाका बारेमा छलफल भएको थियो । भेट १०ः२५ देखि १०ः४५ बजेसम्म भएको हो ।

प्रतिक्रिया