एमसीसीको बिरोध भइरहँदा एमसीएलले गर्यो साइबर ब्यूरोलाई पत्राचार

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोध भइरहँदा नेपालका कार्यालय स्थापना गरेको मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसीए) नेपालले आफूविरुद्ध भ्रम फैलाएको भन्दै साइबर ब्यूरोलाई पत्राचार गरेको छ ।
(एमसिए–नेपाल) को कागजातहरु भन्दै सामाजिक सञ्जालबाट नक्कली हस्ताक्षर बनाएर नेपालका केही सञ्चार माध्यामहरुलाई बजेट छुट्याएको भन्दै सामाजिक सञ्जालमा राखिएका थिए ।
एमसीएसँग जोडेर सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्न माग गर्दै संस्थाले भदौ २५ गते साइबर ब्यूरोलाई पत्राचार गरेको छ ।
सामाजिक सञ्जालमार्फत एमसीए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको नक्कली हस्ताक्षर बनाइ अफवाह फैलाएको भन्दै एमसीएले नेपाल प्रहरीको साइबर ब्यूरोलाई उजुरी गरेको हो ।
उक्त सामग्रीमा एमसीए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भर्चुअल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको तथा केही अखबार तथा टीभीलाई परिचालन गरिएको उल्लेख छ । नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको उजुरीमा उल्लेख छ ।
नेपाल सरकारद्वारा गरिएका केही प्रश्नको उत्तर एमसीसी प्रधान कार्यालयबाट उपलब्ध हुनु अघिल्लो दिन उक्त नक्कली सामग्री सामाजिक सञ्जालमा देखापरेको थियो ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया