शनिबार, वैशाख २७, २०८२

देउवाको गृह जिल्लामा पुनः वडा अधिवेशन गराउन पौडेल समूहको अडान

मेरोन्यूज २०७८ भदौ ३१ गते १७:२९

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नु पर्ने अडान राखेको छ ।

बिहीबार निर्वाचन समितिको कार्यालय सानेपामा पुगेर पौडेल समूहले निर्वाचन समितिलाई देउवाको गृह जिल्लामा पुनः वडा अधिवेशन गर्नु पर्ने ध्यानाकर्षण गराएका हुन् ।

महामन्त्री शंशाक कोइरालाले पुनः चुनाव गराउनु पर्ने माग निर्वाचन समितिमा राखेको जानकारी दिए । निर्वाचन समितिको कार्यालय सानेपामा महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. मिनेन्द्र रिजाललगायत पुगेका थिए ।

डडेल्धुरामा भदौँ २५ गते सम्पन्न वडा अधिवेशनमा धाँधली भएको भन्दै पौडेल समूहले आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया