देउवाको गृह जिल्लामा पुनः वडा अधिवेशन गराउन पौडेल समूहको अडान
मेरोन्यूज
२०७८ भदौ ३१ गते १७:२९

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नु पर्ने अडान राखेको छ ।
बिहीबार निर्वाचन समितिको कार्यालय सानेपामा पुगेर पौडेल समूहले निर्वाचन समितिलाई देउवाको गृह जिल्लामा पुनः वडा अधिवेशन गर्नु पर्ने ध्यानाकर्षण गराएका हुन् ।
महामन्त्री शंशाक कोइरालाले पुनः चुनाव गराउनु पर्ने माग निर्वाचन समितिमा राखेको जानकारी दिए । निर्वाचन समितिको कार्यालय सानेपामा महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. मिनेन्द्र रिजाललगायत पुगेका थिए ।
डडेल्धुरामा भदौँ २५ गते सम्पन्न वडा अधिवेशनमा धाँधली भएको भन्दै पौडेल समूहले आरोप लगाउँदै आएको छ ।
सम्बन्धित
















सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
प्रतिक्रिया