बुधबार, फागुन ६, २०८२

नेकपा एसको कार्यालय भोलि उद्घाटन हुँदै

मेरोन्यूज २०७८ भदौ ३१ गते २०:५२

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस)को केन्द्रीय कार्यालय भोलि शुक्रबार बिहान उद्घाटन हुने भएको छ । कामपा ३१ आलोकनगर, वागमती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सत्तारूढ पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रस्तावित समाजवादी प्रेस संगठन नेपालसँग आबद्ध पत्रकारसँगको भेटघाटमा जानकारी दिए ।

सोही अवसरमा पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले संघीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड संकट, फौजदारी कसूर, औषधि, स्वास्थ्यकर्मीसँग सम्बन्धित अध्यादेश अलपत्र परेको बताए । उनले विधिको शासन कायम गर भन्ने नेकपा एमालेले नै संसदीय नियमावलीविरुद्ध संसद् अवरोध गरेको भनी आपत्ति पनि जनाए ।

यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा २०५ संस्थापक सदस्यीय समाजवादी प्रेस तदर्थ समिति अर्को हप्ता दर्ता गरिने तयारी भएको पत्रकार विश्वमणि सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया