सशस्त्र प्रहरीद्वारा पेस्तोलसहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ असोज १ गते १३:२९

काठमाडौँ । काठमाडौँ महानगरपालिका १५ सितापाईलास्थित एक रेष्टुरेन्टबाट भाद्र ३० गते सशस्त्र प्रहरीले ९ एमएमको पेस्तोल १ नाल तथा सोको ५ वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा काठमाडौँ जिल्लाको तार्केश्वर नगरपालिका ३ जितपुर बस्ने २४ वर्षिय सोनाम तामाङ्ग छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा खटिएको सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पेस्तोल तथा गोली र उनले प्रयोग गरेको मोटरसाईकलसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ्गलाई बरामद पेस्तोल, गोली तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
सम्बन्धित















मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
निर्वाचन सफल गरेकामा नेपाललाई इजरायलको बधाई
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
प्रतिक्रिया