टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार

तेस्रो पटक आइसिसी टी–२० विश्वकप जितेर इतिहास रचेको भारतीय पुरुष क्रिकेट टोलीलाई भारतको क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले एक करोड ४० लाख अमेरिकी डलर नगद पुरस्कार दिने घोषणा गरेको छ ।
बिसिसिआईले मङ्गलबार जारी गरेको वक्तव्यमा खेलाडी, प्रशिक्षक, सहयोगी स्टाफ तथा चयनकर्ताहरूको ‘ऐतिहासिक उपलब्धि’ को सम्मानस्वरूप उक्त पुरस्कार उपलब्ध गराइने जनाएको छ । बोर्डका सचिव देवजित साइकियाले यस सफलताले भारतलाई टी–२० ढाँचाको इतिहासमा सबैभन्दा सफल टोलीमध्ये एकका रूपमा स्थापित गरेको बताए ।
भारतले आइतबार अहमदाबादमा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दोस्रो पटक ट्रफी उचाल्दै प्रतियोगिताको उपाधि कायम राख्ने पहिलो टोली बनेको हो । साथै सह–आयोजक रहेको भारत घरेलु मैदानमै टी–२० विश्वकप जित्ने पहिलो देश पनि बनेको छ ।
घोषित नगद पुरस्कार खेलाडी, प्रशिक्षक र सहयोगी कर्मचारीसहित सम्पूर्ण टोलीमा बाँडिने बताइएको छ । यसबाहेक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट पनि भारतले विजेताका रूपमा २३ लाख ४० हजार डलर प्राप्त गर्नेछ । उपविजेता न्युजिल्यान्डले भने ११ लाख ७० हजार डलर पुरस्कार पाउनेछ ।
विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा क्रिकेट अत्यन्त लोकप्रिय खेल हो । शीर्ष खेलाडीहरू राष्ट्रिय स्तरमा ठूलो स्टारका रूपमा चिनिन्छन् र क्रिकेटले विविध सांस्कृतिक पृष्ठभूमि भएका मानिसहरूलाई एकै ठाउँमा जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा काम गर्दै आएको छ ।
भारतको उपाधि जितसँगै देशभरि उत्सवको माहोल देखिएको थियो । आइतबार मध्यराततिर नीलो भारतीय जर्सी लगाएका समर्थकहरू सडकमा निस्केर ड्रम बजाउँदै र बलिउड गीतहरूमा नाच्दै विजयोत्सव मनाएका थिए ।
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया