गठबन्धन दलभित्रको समस्याले मन्त्री मण्डल विस्तारमा ढिलाई : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र केही दलको आन्तरिक व्यवस्थापनले मन्त्री मण्डल विस्तारमा ढिलाई भएको बताएका छन् । गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा ‘गणेशमान सिंह फाउण्डेसन’ले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमा नेता सिंहले गठबन्धन दलको समस्या समाधान भएसँगै सरकारको मन्त्री मण्डलले पूर्णता पाउने बताए । कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट सरकारले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेकाले गठबन्दको सरकार बन्न पुगेको बताएका थिए ।
‘कम्युनिष्टहरू असफल हुँदा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ,’ उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्ने छ ।’
त्यस्तै, उनले कांग्रेसको १४ औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विधि विधानअनुसार समस्याको समधान गर्नु पर्ने बताए ।
उनले पार्टी सभापतिमा साझा उम्मेदवारको सम्भावना नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर, आफू सभापतिको उम्मदवारबाट पछि नहट्ने बताए ।
कार्यक्रममा उनले नेता सिंहले नेपाली राजनीतिमा पुर्याएको योगदानको स्मरण गरे । साथै, कांग्रेस पार्टी मजबुत बनाउन नेता सिंहको अमूल्य योगदान रहेको उनको भनाई थियो ।
कार्यक्रममा पूर्व मन्त्री राजेन्द्र कुमार केसी, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डे, किरण गिरीलगायतको उपस्थित थियो ।

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया