सत्ता गठबन्धनकै दलले संविधान दिवसको कार्यक्रम बहिष्कार गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनमै रहेको एउटा दलले आइतबारको संविधान दिवसको कार्यक्रम बहिष्कार गर्ने भएको छ ।
सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले सरकारले घोषणा गरेको संविधान दिवस कार्यक्रममा भाग नलिने तथा संविधानको विरोध गर्ने जनाएको छ ।
जसपाले असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
जसपाले संविधानमा रहेका विभेदकारी प्रावधानहरुको विरोध गर्न आम समुदायलाई आह्वान गरेको छ ।
नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलित/शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको जससा अध्यक्ष यादवले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण रहेको जसपाले जनाएको छ ।


















एमालेको घोषणापत्र : युवालाई प्रत्येक महिना १० जीबी डाटा
क्यालिफोर्नियाको हिमपहिरोमा परी आठ स्की खेलाडीको मृत्यु
Developing country requires energy of youth, vision of experienced generation: UML Chair
सर्लाहीमा गोली लागेर एक बालक घाइते
मार्सल ल प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया